फिचर

आइपीएलको १४ औं सिजन आजबाट शुरु, मुम्बई र बैंलौर भिड्दै

Photo Source : Outlook india

चेन्नई । क्रिकेटको सबैभन्दा ठूलो लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं सिजन आजबाट शुरु हुँदैछ । तीन महिना चल्ने यो सिरिजमा संसारका उत्कृष्ट क्रिकेटर करोडौं मूल्य राशीको उपाधीका लागि भिड्नेछन् । आज पहिलो खेलमा मुंबई इंडियन्स र रोयल च्यालेन्जर बैंलौर भिड्दैछन् ।

खेल भारतको चेन्नईमा हुने छ । भारतमा तिब्र गतिमा फैलिएको कोरोना महामारीका बीच शुरु हुन लागेको आइपीएललाई सुरक्षित बनाउने चूनौति भने आयोजकसँग रहेको छ । यसअघि प्रतियोगिता हुने वा नहुने अन्यौलका बीच अन्ततः प्रतियोगिता भने संचालन हुने भएको हो ।

बीसीसीआईका अध्यक्ष सौरव गांगुलीका अनुसार आइपीएलका निर्धारित सबै खेल तोकिएको स्थान र समयमै आयोजना हुने भएका हुन् । यसअघि कोरोना भाइरसको महामारीका बीच आइपीएलको १३ औं सिजन दुबईमा खेलाईको थियो । यस समय मैदानमा दर्शक राखिएको थिएन । यो सिजन पनि सिमित मात्र शहरमा आइपीएलका खेल हुनेछन् ।