खेलकुद

मेसी चम्किएपछि गेटाफेमाथि बार्सिलोनाको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगामा लियोनल मेसी चम्किएको खेलमा बार्सिलोनाले गेटाफेमाथि ५-२ गोल अन्तरको सानदार जित दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि फराकिलो अन्तरको जित निकाल्दा मेसीले दुई गोल र एक अशिष्ट गरे ।

एक गोल पेनाल्टीमा हान्ने अवसर पाएर ह्याट्रिक गर्ने मौका भए पनि उनले त्यो पेनाल्टी भने एन्टोनी ग्रीजम्यानलाई हान्न दिए । यो कामको सामाजिक संजालमा खुलेर प्रशंसा भइरहेको छ । रोनाल्ड अरुजोले एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । उसका लागि एक गोल भने बार्सिलोनाले आत्मघाती गरेको थियो ।