फिचर

थ्रि नेसन्स सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । तीन मुलुक सहभागी भएको थ्रि नेसन्स क्रिकेट सिरिजको आज फाइनल खेलमा नेपाल र नेदरल्याण्ड्स उपाधी भिडन्त गर्दैछन् । पहिलो भेटमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । दोस्रो भेटमा डच टोलीले जितेको थियो । जारी सिरिजमा तेस्रो पटक भिड्न लागेका यी दुई टीम बीच आज भने उपाधीकै छिनोफानो हुने छ । सिरिजमा मलेसिया पनि रहेको थियो ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई १३६ रनमा रोक्दै नेपालले ९ विकेटको फराकिलो जित निकालेको थियो । यो सिरिजमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख चम्किएका छन् । यसबाहेक सबैजसो ब्याट्सम्यानले संतोषजनक प्रदर्शन गरिरहेका छन् । यसअघि नेपाली खेलाडीले रनमा चुक्दै आएका थिए । तर, यो सिरिजमा नेपालले दुई पटक २ सय रनको आंकडा पार परिसकेको छ ।