फिचर

कोभिडसँग लड्न अमेरिकाले नेपाललाई करीव १ अर्ब बराबरको सहयोग गर्ने

काठमाडौं । कोरोना महामारीसँग लड्न अमेरिकाले नेपाललाई करीव १ अर्ब रुपैयाँ (८५ लाख डलर) बराबरको सहयोग गर्ने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई उक्त सहयोग गर्न लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

यो रकम रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभिड १९ को जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रणमा खर्च हुने जनाइएको छ । तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिन समेत रकम उपयोग गर्ने बताइएको छ ।