विश्व

भारतले पनि आयात गर्यो रुसी खोप, पहिलो चरणमा एक लाख डोज ल्याइयो

Photo source : India Today

हैदरावाद । नेपालको छिमेकी मुलुक भारतले पनि रुसी खोप आयात शूरु गरेको छ । कोरोना विरुद्धको लडाईमा खोपलाई महत्वपूर्ण मानिएको छ । खोप लगाएका व्यक्तिमा कम सर्ने र सरिहालेमा पनि अवस्था गम्भीर नहुने विश्लेषण गरिएको छ । सोहीकारण भारतले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन थालेको छ ।

भारत कोरोनाको दोस्रो भेरियन्टबाट संसारको सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । रूसले बनाएको स्पुतनिक भी भ्याक्सिनको डेढ लाख डोज शनिबार हैदरावाद आइपुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा यसअघि अक्सफोर्ड, अष्ट्राजेनेकाले बनाएको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप प्रयोगमा रहेको छ ।


मे १ बाट भारतमा खोप अभियान शुरु भएको हो । रुसी खोप नेपालमा समेत ल्याउने तयारी रहेको छ । किनकी तत्काल भारतले थप खोप निर्यात गर्न नसक्ने र अमेरिकी तथा बेलायती खोप नेपालको पहँुचभन्दा निकै पर रहेका कारण रुसले नेपाललाई सहयोग गर्ने आश्वासन दिइसकेको छ । रुसी खोप दुई डोज लगाउनु पर्छ । यसको प्रभावकारिता ९१.६ प्रतिशत रहेको छ ।