खेलकुद

बार्सिलोनाको उपाधी यात्रा कायमै, मेसी चम्किदा जित

काठमाडौं । स्पेनिस लालिगा रोचक मोडमा पुगेको छ । शीर्ष चार स्थानका सबै टोलीको उपाधीको सम्भावना कायम रहेको अवस्थामा यो साता माथिल्लो स्तरमा रहेका सबै टोलीले जित निकाले । आइतबार राती भएको खेलमा कप्तान लियोनल मेस्सी पुनः चम्किदाँ बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भ्यालेन्सियामाथि ३\ २ गोल अन्तरको जित निकाल्यो । भ्यालेन्सियाको घरेलु मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानले एक गोल गरे । भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक\एक गोल गरे । जितपछि बार्सिलोनाले ३४ खेलमा ७४ अंक भएको छ । बार्सिलोना तेस्रो स्थानमा छ । समान अंकसहित रियल म्याड्रिड दोस्रो स्थानमा छ । उसको गोल अन्तर बढी छ ।