फिचर

आइपीएल अनिश्चितकालका लागि स्थगित

मुम्बई । भारतमा जारी विश्वकै ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएको छ । खेलाडीहरूमा कोभिड १९ को संक्रमण तिब्र रुपमा बढेसँगै आईपीएल स्थगित भएको हो । मङ्गलवार मुम्बई इन्डियन्सविरुद्धको खेलअघि सनराइजर्स हैदराबादका एक खेलाडीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

सोमवारको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल दुई खेलाडीमा सङ्क्रमण पुष्टि भएपछि रद्द भएको थियो । आईपीएलको आपतकालिन बैठकमा यो वर्षको प्रतियोगितालाई स्थगित गर्ने सर्वसम्मत निर्णय गरेको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआई खेलाडी, कर्मचारी र अन्य सहभागीको सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्न नचाहने मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।