समाचार

कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै

न्युयोर्क

कोरोना महामारीका कारण न्युयोर्क र न्युजर्सी राज्यमा बन्द गरिएका अधिकांस ब्यापार ब्यवसाय र सेवाहरु आगामी मेई १९ तारिखदेखि क्रमैसँग खुल्ला गरिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले सोमबार बताएका छन् ।अबको दुई हप्तापछि न्युयोर्कस्थित रेस्टुरेन्ट, म्युजियम, नाट्यशाला, सिनेमा हल, रिटेल ब्यबसाय, बार्बर सप पूर्णरुपमा सुचारु हुने भएका हुन । गत बर्ष कोरोना महामारीका कारण तोकिएका थुप्रै प्रकारका प्रतिबन्दहरु मेई १९ तारिखदेखि हटाइने कुमोले बताए । आगामी मेई १० तारिखदेखि न्युयोर्कमा घर बाहिर हुने जमघटमा ५ पाँच सय जनासम्म भेला हुन पाईने छ, भने बन्द कोठा भित्र २ सय ५० जनासम्म भेला हुन पाईने भएको छ ।
न्युयोर्क राज्यले संगैका दुई राज्य न्युजर्सी र कनेक्टिकटसँगको संयोजनमा संम्पूर्ण ब्यापार ब्यावसाय र कार्यालयहरु सामान्य ढंगले सुचारु गर्न लागेको हो ।

यस अगाडि रातको समयमा सफाईको लागि बन्द गरिदै आएको न्युयोर्कस्थित ट्रेन आगामी मेई १७ तारिखदेखि भने २४ घण्टा नै संचालनमा आउने भएको छ । बिगत १३ महिनादेखि कोरोना महामारीका कारण न्युयोर्क राज्यका सम्पूर्ण क्षेत्रमा बिभिन्न प्रकारका प्रतिबन्दहरु लगाउदै आएको छ । न्युयोर्क राज्यमा करिव ९५ लाख मानिसले पहिलो डोज भ्याक्सिन लगाएका छन् भने ७० लाखले दुबै डोज भ्याक्सिन लागाई सकेका छन् ।