विज्ञान प्रविधि

चीनबाट अनुदानमा २० हजार अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० हजार अक्सिजन सिलिण्डर दिने भएको छ । त्यसमध्ये पहिलो लट एकसाता भित्रै नेपाल ल्याउने योजना सरकारको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर नेपाल आइसक्ने छ । चीनबाट हवाईजहाज र सडक मार्ग हुँदै अक्सिजन सिलण्डिर ल्याउने तयारी छ ।

सम्भवतः पहिलो पटकको सिलिण्डर भने कार्गो उडानबाट नेपाल ल्याइने छ । कार्यालयले बनाएको कार्ययोजना अनुसार यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । समन्वय भने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गर्ने भएको छ ।

चीनले मानवीय सहायतास्वरुप नेपाललाई २० हजार अक्सिजन सिलिण्डर दिन लागेको हो । सरकारले उद्योग र निर्माण क्षेत्रका अक्सिजन सिलिण्डर समेत महामारी अवधिभर कोभिड अस्पतालमा दिने भएको छ ।