समाचार

भारतमा कोरानाबाट एक दिनमा अहिलेसम्मकै धेरै मृत्यु

File Photo REUTERS/Danish Siddiqui/THT

नयाँ दिल्ली । भारतमा कोरोनाबाट एक दिनमा अहिलेसम्म कै धेरै मानिसको मृत्यु भएको आंकडा आएको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार यहाँ एक दिनमा ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । यो एक दिनमा भएको सबैभन्दा ठूलो मानवीय क्षति हो । अब भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ। यहाँ दैनिक संक्रमितको संख्या हरेक दिन ४ लाख भन्दा माथि रहेको छ । यो अझै बढ्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयको आंकडा छ । शुक्रबार भारतमा ४ लाख १४ हजारभन्दा बढी संक्रमित थपिएका थिए। भारतमा २ करोड १९ लाख मानिसमा संक्रमण भएको छ । भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जनाले कोरोना जितेका छन् । तर, अझै ३७ लाख ३१ हजार २६१ सक्रिय संक्रमित रहेको तथ्यांक छ ।