मनोरञ्जन

ताउ ते चक्रवात र मौसम परिवर्तनको त्रासमा सगरमाथा आरोही

काठमाडौं । सगरमाथा आरोहणको सिजन जारी रहेका कारण अहिले करीव १२ सय आरोही तथा सहयोगी सगरमाथा क्षेत्रमा रहेका छन् । यसमध्ये २ सय हाराहारी आरोही क्याम्प २ मा रहेका छन् । उनीहरु अहिले आरोहणका लागि उपयुक्त मौसमको पर्खाइमा थिए । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सबै आरोही उपयुक्त मौसम कुरेर बसेका छन् ।

तर, अरब सागरमा आएको ताउ ते आँधीका कारण भने आरोहीमा अन्यौल छाएको छ । यसले त्रास समेत उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय मौसम सम्बन्धी जानकारी गराउने एजेन्सीहरुले २० मेबाट मौसम सफा हुने प्रक्षेपण गरेका थिए । सोहीकारण क्याम्प २ सम्म पुगेका आरोहीमा अन्यौल छाएको हो । जल तथा मौसम विज्ञान विभागले शुक्रबारसम्म मौसम प्रतिकुल हुने बताएको छ ।

सोहीकारण अझै एक दुई दिनको मौसम पर्ख र हेरकै रणनीतिमा रहने र त्यसपछि आरोही चुचुरोतर्फ लाग्ने उनले जानकारी दिए । यो सिजनमा सगरमाथा आरोहणमा ४ सय भन्दा बढीले अनुमति लिएा छन् । उनीहरुको सहयोगीका रुपमा करीव तेब्बर शेर्पाहरु खटिएका हुन्छन् । यसअघि अघिल्लो साता करीव १ सय ५० हाराहारी आरोही चुचुरो पुगेर फर्किसकेका छन् । त्यसमध्ये दई जनाको ज्यान गएको छ ।