मनोरञ्जन

एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

काठमाडौं । आइतबार एकै दिन १ सय ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेका छन् । जारी सिजनमा यो दोस्रो आरोहण हो । अघिल्लो साताको मौसमपछि आज दोस्रो टोली सगरमाथामा पुगेको हो । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले गरेको अपडेट अनुसार उक्त संख्यामा आरोही तथा सहयोगीले आज चुचुरो चुम्न सफल भएका हुन् । अब आगामी साता बाँकि रहेका आरोही सगरमाथा चुचुरो जाने छन् ।

उनका अनुसार मे २७ पछि राम्रो मौसम रहेको जानकारी आएको छ । आज चुचुरो पुगेका आरोहीहरु क्रमशः तल झर्ने क्रममा रहेका छन् । आजै तीन भारतीयसहित ७ जनाले ल्होत्से हिमालको समेत आरोहण गरेका छन् ।यो सिजनमा कुल १६ वटा हिमाल चढ्न साढे ७ सय आरोहीले अनुमति लिएका छन् । त्यसमध्ये सगरमाथाका लागि मात्र ४ सय भन्दा बढी छ ।