मनोरञ्जन

आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने

काठमाडौं । बौद्ध धर्मावलम्बीहरुका लागि आज विशेष दिन हो बौद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको यो दिन विश्वभर विभिन्न गतिविधिका साथ मनाइन्छ । यस वर्ष २५६५ औं बुद्ध जयन्ती मनाउन थालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाको बुद्ध जयन्ती पर्छ ।

यो वर्ष नेपालमा यस दिन कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । कोरोना महामारी र सामाजिक दूरीसहितका मापदण्ड पालना गर्नुपर्ने भएकाले सरकारले औपचारिक कार्यक्रम राखेको छैन ।

भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम हुने गर्छ । यसवर्ष लुम्बिनीमा दीप प्रज्वलन मात्र गर्ने कार्यक्रम छ ।

यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर पर्व मनाइने छ । यस पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर पाठ्यक्रममा रहेका बुद्धबारेका भ्रमपूर्ण सन्देश सच्याउन आग्रह गरेका छन् ।