खेलकुद

कोपा अमेरिका: ब्राजिलको सानदार जित

Photo source : CBS sports

काठमाडौं । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले पेरुविरुद्ध सानदार जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममाले उसले पेरुलाई ४\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलका लागि एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक\एक गोल गरे। खेलको १२ औं मिनेटमा ब्राजिलले एलेक्स सान्द्रोको गोलबाट अग्रता लिएको थियो ।

६८ मिनेटमा नेइमारले गोल गरे । ८९ औं मिनेटमा रिबेइरोले गोल गरे। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल थपे । शुक्रबार नै सम्पन्न अर्को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरी खेलेका छन् ।