विश्व

पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित

काठमाडौं । युरोकप २०२० मा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमाथि जर्मनीले रवाफिलो जित निकालेको छ । जर्मनीको घरेलु मैदानमा भएको खेलमा जर्मनी एक गोलले पछि थियो । उत्कृष्ट पुनरागमन गर्दै समग्रमा पोर्चुगललाई ४-२ ले हरायो । जितसँगै जर्मनीको २ खेलबाट ३ अंक भएको छ । जर्मनीलाई फ्रान्सले १-० ले हराएको थियो । पोर्चुगलले भने पहिलो खेलमा हंगेरीलाई ३\० ले हराएको थियो ।

शनिबार राती सम्पन्न खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई पोर्चुगललाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा पोर्चुगलका रुबेन डियाजले आत्मघाती गोल गरेपछि जर्मनी खेलमा फर्कियो ।

३९औं मिनेटमा राफेल गुरेइराले समेत आत्मघाती गोल गरे । त्यसपछि भने खेलमा जर्मनी पूर्णतया हावि भयो । दोस्रो हाफको १५ मिनेटभित्र जर्मनीले थप २ गोल थप्दै दवदवापूर्ण जित निकालेको हो । ५१औं मिनेटमा काइ हाभार्टले गोल गरे । ६०औं मिनेटमा गोसेन्सले गोल गरेसँगै जर्मनीले ४\१ को अग्रता लियो ।


६७औं मिनेटमा जोटाको गोलबाट पोर्चुगल खेलमा फर्कन प्रयास गरेपनि त्यसपछि कुनै गोल हुन सकेनन् । शनिबार नै सम्पन्न अर्को खेलमा हंगेरीले फ्रान्सलाई १\१ गोलको बराबरीमा रोकेको छ ।