विश्व

१४० जना चढेको डबल डेकर बसलाई उत्तर प्रदेशमा ट्रकले ठक्कर दिँदा कम्तिमा १९ को मृत्यु

Photo: telugu-kathalu.com

उत्तरप्रदेश । भारतको उत्तर प्रदेशमा एक भयानक सडक दुर्घटनामा कम्तिमा १९ जनाको ज्यान गएको छ । कुल १४० जना चढेको डबल डेकर बसलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर हिँदा यो दुर्घटना भएको हो । बसमा मजदूर सवार थिए । बस पन्जाबबाट बिहारका लागि छुटेको थियो । भारतीय संचारमाध्यमहरुका अनुसार बसको बाटो बिग्रिएर रोकिराखेको समयमा अकस्मात आएको ट्रकले ठक्कर दिएको थियो । यूपीको बाराबंकीमा यो घटना भएको छ । मंगलवार अबेर राती भएको घटनामा अहिलेसम्म १९ जनाको ज्यान गएको पुष्टी भएको छ ।

२५ भन्दा बढी घाइते छन् । उनीहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ । राती १२ बजे लखनऊ अयोध्या नेशनल हाइवेको कल्याणी नदी पुल नजिक यो दुर्घटना भएको हो । बसको बाटो खराब भएपछि बस भित्र र सडक किनारमा ओर्लिएर समेत यात्रु बसेका थिए । सोही समयमा ट्रकले बसलाई ठक्कर दिएको थियो । बस सडकको किनारामा रोकेको भएपछि ट्रकले ठक्कर दिएको देखिएको छ । अहिले प्रहरी परिचालन गरि उद्धारको काम गरिएको छ ।