विश्व

यूएईले बालबालिकामा लगाउने भयो चिनियाँ खोप

Photo : Dan Stepenosky| LATIMES

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)ले बालबालिकालाई कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप वितरण गर्ने भएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने गरि निर्णय गरेको हो । युएईले ३ देखि १७ वर्षसम्मका बालबालिकालाई समेत सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले भने अझै आँट देखाएका छैनन् । कोरोनाको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने समाचार आइरहेका बेला यूएईले उनीहरुमा खोप दिने भएको हो । चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप अहिले यूएईमै उत्पादन हुन्छ ।