खेलकुद

म्यान यूको दोस्रो डेब्यू खेलमै रोनाल्डोले गरे दुई गोल

काठमाडौं । म्यानचेस्टर युनाइटेडमा फर्किएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डेब्यू खेलमै दुई गोल गरेका छन् । क्लवले इङ्लिस प्रिमियर लिगमा न्युक्यासललाई हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले न्युक्यासललाई ४, १ ले हराएको हो । युनाइटेडको जितमा १२ वर्षपछि क्लबमा फर्किएर डेब्यु खेल खेलेका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

रोनाल्डोले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा र ६२ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै ब्रुनो फर्नान्डेजले खेलको ८० र जेसे लिङगार्डले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरे । न्युक्यासलका लागि जेभियर मनकुइलोले खेलको ५६ औँ मिनेटमा सान्त्वना गोल गरे ।