फिचर

अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन

काठकाडौं । युवा ब्याट्सम्यान ओपनर कुशल भुर्तेल र रोहित पौडेलको परिपक्क प्रदर्शनको मद्दतमा नेपालले अमेरिकालाई हराएको छ । दुबै खेलाडीले अर्धशतक प्रहार गरेसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि सहजै जित निकालेको हो । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार राती अमेरिकालाई ५ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिंग गरेको अमेरिकाले २३१ रनको लक्ष्य दिएको थियो । नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोडे । रोहितले अविजित ६२ रनको योगदान गरे । विनोद भण्डारीले ३७ रन बनाए ।


अमेरिकाका लागि निसर्ग पटेल र नास्थुस केन्जिगले २\२ विकेट लिए । अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरेका थिए । मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी, विक्रम सोबले २\२ विकेट लिए । नेपालले सिरिजको दोस्रो खेलमा आज घरेलु टोली ओमानको सामना गदैछ ।