समाचार

याक एण्ड यति होटेलको बेडमा कतारी नागरिकको शव

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीको कोठामा एक विदेशी नागरिकको शव भेटिएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार होटलको एक कोठामा कतारका नागरिकको शव भेटिएपछि त्यहाँ प्रहरी पुगेको थियो । कर्मचारीले भित्र बाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा पाुहनालाई मृत भेटेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन् । होटेल स्रोतका अनुसार उनी चार दिन अगाडी चेक इन भएका थिए ।

आज बुधबार उनी चेकआउट हुनुपर्ने थियो । तर तोकिएको समयमा चेकआउट नभएपछि कर्मचारीले ढोका खोलेका थिए । महानगरीय प्रहरी कार्यालयले घटनाबारे काठमाडौंस्थित कतारी दूतावासलाई जानकारी गराएको समेत संचारमाध्यमले लेखेका छन् । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ टोलीले उनको चेकजाँच गरेसँगै मृत्युको कारणबारे खुल्ने छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।