फिचर

माइक्रोफाइनान्स चम्किँदा नेपाली सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । माइक्रोफाइनान्स र फाइनान्स कम्पनी चम्किँदा नेप्सेमा उच्च अंक्को बढोत्तरी आएको हो ।

सूचकमा उछाल आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छैन । आज कारोबार रकम साढे ४ अर्बमा सीमित भएको छ ।

बुधबार सेयर बजार मापक सूचक नेप्से ६८.४७ अंकले बढेर २६८१.१० विन्दुमा पुगेको छ । यसदिन २२७ कम्पनीको ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनानस समूह सबैभन्दा धेरै ६.५९ प्रतिशतले बढेको छ । यस्तै, माइक्रोफाइनान्स ५.८ र विकास बैंक समूह ४.८२ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये २०९ कम्पनीको मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया लघुवित्त झण्डै १७ करोड र निर्धन उत्थान साढे १६ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

उच्च अंकले बढेकोे बजारमा आज १५ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बेस्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामीण विकास, नयाँ सारथी, मिथिला, किसान, जनउत्थान, ग्लोबल आइएमई, सपोर्ट माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सबैको र सामुदायिक लघुवित्तको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, मैलुङखोला जलविद्युत्, उन्नति सहकार्य लघुवित्त र महालक्ष्मी विकास बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज रिडी हाइड्रोपावरका सेयरधनीले भने सबैभन्दा धेरै २.१६ प्रतिश गुमाएका छन् ।