विश्व

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलनलाई

काठमाडौं । रसायनशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक संयुक्तरुपमा दिने निर्णय गरेको छ।

जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएको छ ।

बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ।

लिस्ट जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक हुन् भने म्याकमिलन अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर हुन्।

अर्गानोक्याटालाइसिस द्रुत गतिमा विकसित भइरहेको छ । यी प्रतिक्रियाहरूको उपयोग गरेर अनुसन्धाताहरूले नयाँ औषधिदेखि सोलार सेलमा प्रकाश सोस्ने मोलिक्युलसम्म बनाउन सकिन्छ ।

यसले मोलिक्युलर निर्माणलाई नयाँ स्तरमा पुर्‍याएको छ । यसले गर्दा रसायनशास्त्र थप हरित बनेको छ अनि एसिमेट्रिक मोलिक्युल बनाउन थप सहज बनाएको छ ।

यसअघि अक्टोबर ४ मा चिकित्साशास्त्र तथा शरीर विज्ञानतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक डेभिड जुलियस र लेबनानी वैज्ञानिक अर्डेम पाटापौटिएनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको थियो।

द नोबेल एसेम्बली एट कारोलिनास्का इन्स्टिच्युटले हाम्रो शरीरले ताप र स्पर्शलाई कसरी ग्रहण गर्छ भन्ने पत्ता लगाएकोमा जुलियस र पाटापौटिएनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।