समाचार

नेपाल प्रहरीमा झण्डै ६ सय जनालाई रोजगारी खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा झन्डै छ सय जनाका लागि रोजगारी खुलेको छ । जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको नेपाल प्रहरीले सूचना प्रकाशित गर्दै जनाएको छ । प्रसनिका लागि ३६७ जना माग भएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ।

इच्छुकले कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ। प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको योग्यता तोकिएको छ । प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।