फिचर

अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई नेताबीच बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको आधिकारीक ट्वीट मार्फत भेटवार्ताबारे जानकारी गराइएको छ ।

भेटमा नेपाल अमेरिकाबीचको लामो मैत्री सम्बन्ध, सहयोग र द्वीपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । भेटमा उठेका विषय भने सार्वजनिक गरिएको छैन । तर, अमेरिकाले एमसीसीको विषयमा नेपाल सरकारको आधिकारिक धारणा प्रधानमन्त्रीमार्फत लिएको छ ।