फिचर

आजबाट ए-डिभिजन लिग फुटबल शुरु

goalnepal

काठमाडौं । नेपालमा आजबाट ‘सहिद स्मारक ए डिभिजन लिग २०७८’ शुरु हुँदैछ । यो लिग नेपालको सबैभन्दा ठूलो घरेलु लिग हो । आज उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक ए डिभिजन लिगको खेल फ्लडलाइटमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अपराह्न ४ः४५ मा शुरु हुने खेल रात्रिकालिन हुन लागेको हो ।

एन्फाले फुटबल कल्चर विकास गर्ने लक्ष्यसहित यस पटक विकेन्डमा लिगका खेल गराउने भएको छ । दर्शकलाई आकर्षित गर्नका लागि टिकट दर पनि एक सय मात्र राखिएको छ । भिआईपीतर्फ भने ५०० टिकट मूल्य राखिएको छ । लिग विजेताले नगद ७५ लाख पाउनेछन् । उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ । लिगमा १४ क्लब प्रतिस्पर्धामा छन् । पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्नेछन् ।