विश्व

पाकिस्तानमा बलात्कारीलाई नपुंशक बनाउने ऐतिहासिक कानून पारित

Photo : Reuters

इस्लामावाद । पाकिस्त्तानमा अब बलात्कार कसुरमा दोषि सावित हुनेलाई नपुंशक बनाइने भएको छ । यससम्बन्धी कानून पाकिस्तानको संसदबाट पारित भएको छ । विपक्षी दलले भने यसलाई इस्लाम कानूनको विपरित भएको भन्दै विरोध जनाएको छ । पाकिस्तानमा पछिल्लो दिनमा बलात्कारका घटना बढिरहेको समयमा यो कानून पास हुनुलाई भने ऐतिहासिक उपलब्धी मानिएको छ । फितलो कानून र बढ्दो अपराधका कारण पाकिस्तानमा जनआक्रोस बढिरहेको थियो ।

पाकिस्तानमा यसअघि पनि यस्तो कानून संसदमा आएको थियो । तर, पास हुन सकेको थिएन । पछिल्लो समय विधेयक बुधवार संसदबाट पारित भएको हो । केमिकल कैस्ट्रेशन (रासायनिक नपुंसकीकरण)का माध्यमबाट अपराधीलाई यस्तो सजाय दिइने विधेयकमा उल्लेख छ । यसपछि सो व्यक्ति आजीवन यौन सम्बन्ध राख्न असमर्थ हुने छ । विरोधी दलले भने बलात्कारीलाई बरु फाँसी दिए हुने तर नपुंशक बनाउने बारे भने शरिया कानून विपरित हुने बताएका छन् ।