फिचर

महिला विश्वकप छनोट : यूएईसँग पराजित भएसँगै नेपाल बाहिरियो

यूएई । टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल असफल भएको छ । लीग चरणको अन्तिम खेलमा आइतवार यूएईसँग नेपाल ४८ रनले हार्यो । यससँगै नेपालको ग्लोबल क्वालिफायरको ढोका बन्द भएको छ । यूएईमा सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम तथा निर्णायक मानिएको खेलमा नेपाललाई १० बल बाँकी रहँदै जित्नुपर्ने बाध्यता थियो। त्यसो भएमा मात्र नेपाल रन रेटले अगाडी जाने सम्भावना थियो ।

यूएई लीग तालिकाको शीर्ष स्थानमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ । टी(२० विश्वकपको एशियाली क्षेत्रीय छनोटमा नेपालले पाँच खेलमध्ये दुईमा हार र तीन खेलमा जित निकाल्न सक्यो । ग्लोबल क्वालिफायरमा छानिएको यूएईले भने सबै पाँच खेल जित्न सफल रह्यो । यूएईले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२७ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको नेपाल १९.४ ओभरमा ७९ रनमा अलआउट भयो ।