समाचार

कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँले जित हाँसिल गरेका छन् । उनले उपेन्द्र कार्कीलाई ८६८ मतको फराकिलो अन्तरले हराउँदै जिल्ला सभापति बनेका हुन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाए । बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । कार्की भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थनमा उठेका हुन् । प्यानलसहित प्रतिस्पर्धा गरेका उनीहरुमध्ये बानियाँको प्यानल नै विजयी भएको हो । कांग्रेस काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भए । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भए ।