फिचर

साफ यू-२० च्याम्पियनसिप : नेपालको पोष्टमा भारतले गर्यो ८ गोल

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप प्रतियोगितामा नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल भारतसँग भने निरिह सावित भएको छ । नेपालको पोष्टमा भारतले ८ गोल छिरायो । माल्दिभ्स र श्रीलंकालाई भने नेपालले पराजित गरेको थियो । भारत विरुद्ध भने एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो । या हारसँगै नेपालको फाइनलको यात्रा समेत कठिन बनेको छ ।

तीन खेलबाट नेपालको ६ अंक छ । उति नै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपाल भन्दा अगाडी बढेको छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ । अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित वा बराबरीमा रोकिएको अवस्थामा मात्र नेपाल फाइनल पुग्नेछ ।