फिचर

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले गरिन् सन्यासको घोषणा

काठमाडौं । अमेरिकी महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छन् । खेलबाट एक वर्ष बाहिर रहेकी उनी पछिल्लो समय जुनमा कोर्ट फर्किएकी थिइन् । अब उनले आगामी युएस ओपन खेलेसँगै उनले सन्यासको घोषणा गरेकी छन् । उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन शुरु भएको उल्लेख गरेकी छन्।

‘मलाई संन्यास शब्द कहिल्यै मन परेन । यो मेरोलागि आधुनिक शब्दजस्तो लाग्दैन । तर, यसपटक म यो शब्दलाई कसरी प्रयोग गर्ने भन्नेबारे संवेदनशिल हुन चाहन्छु । सायद म जे गर्न जादैछु त्यसको वर्णन गर्न यो सबैभन्दा राम्रो शब्द विकाश हो । मैले टेनिसको आनन्द लिइरहे । तर, अब उल्टो गन्ती सुरु भएको छ । मलाई एक आमा भएको र आफ्नो आध्यात्मिक लक्ष्यसाथ एक अलग सेरेनाको खोजमा केन्द्रित हुनु छ ।’

उनले भोग म्यागजिनको सेप्टेम्बरको कभरमा समेत आउँदै गरेकी सेरेनाले आउदो अगस्त २९ देखि सेप्टेम्बर ११ सम्म हुने युएस ओपनपछि सन्यासको लिनेछिन्। ४० वर्षीया अमेरिकी खेलाडीले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन्। पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन्।