मनोरञ्जन

मिस अर्थको उपाधी कोरियन सुन्दरीलाई, इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट

काठमाडौं । मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाली सुन्दरी मीना स्यू चोइलेहात पारेकी छिन् । मंगलबार साँझ फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले चोईलाई ताज लगाइदिएकी छिन् । पेजेन्टको सबटाइटल इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट घोषित भयो ।

अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले सिंगो एसिया महादेशमै यो विधामा सबटाइटल उपाधि प्राप्त गरेकी हुन् । मिस अर्थमा नेपालले हासिल गरेको यो उपलब्धी पहिलोपटक हो । सरिशाले इको भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन् । विश्वभरका ८६ जना सुन्दरीले पेजेन्टमा प्रतिस्पर्धा गरेका थिए ।