समाचार

हर्कको प्रस्ताव : बालेनलाई घेराबन्दीमा पारे, स्वतन्त्र जती एक हौं

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशभर स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई एक हुन् आह्वान गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले स्वतन्त्रहरू एक हुने समय आएको बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् (‘कथाले माग्यो अब, स्वतन्त्रहरु एक बन्ने बेला आएको छ, स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ, यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।’

पछिल्लो समय एमालेका नेताहरु बालेनको कार्यशैलीप्रति बढी आक्रमक बनेका छन् । केही दिन अगाडी सुकुम्बासी समस्या समाधानबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका थिए । शुक्रबार एमाले नेता भीम रावलले अमेरिकी राजदूतसँगको भेटबारे टिप्पणी गरेका थिए ।