फिचर

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

काठमाडौं । लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

बलिङमा मिलन बोहरा चम्किएपछि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहराले पाँच विकेट लिए । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले नटआउट ३९, दीपक बोहराले २५ र अनुराग सिंहले २२ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यू–१९ राष्ट्रिय टिम छनोटको रूपमा रहेको यो प्रतियोगितामा सात प्रदेशका टिमहरूको सहभागिता थियो ।