विश्व

स्पेन पेनाल्टी शुटआउटमा स्तब्ध, मोरक्को पहिलो पटक क्वाटरफाइनलमा

काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध बनेको छ । उसलाई मोरककोले पेनाल्टीमा ३–० ले हरायो । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने । उनले दुई पेनाल्टी बचाए । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत मोरक्को बनेको छ ।

यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनल पुगेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले स्पेनलाई १२० मिनेटसम्म गोलरहित बराबरीमा रोक्यो । पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार स्पेनका गोलकिपर उनाई सिमोनले बचाए । स्पेनको भने कुनै पनि खेलाडीको गोल भएन । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार पोलमा लागेर बाहिरियो ।