विश्व

नेपाली क्रिकेटरलाई पहिलो आइसीसी अवार्ड, आसिफले जिते 'आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड'

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जित्न सफल भएका छन् । यो कुनै पनि नेपालीले जितेको आइसीसी स्तरको पहिलो अवार्ड हो । नेपाली क्रिकेट खेलाडी आसिफलाई यस अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ ।

आईसीसीका अनुसार गतवर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले देखाएको खेल भावनाको कदर गदैै उनलाई अवार्ड प्रदान गरिएको हो । आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गरेनन् । आसिफको उक्त निर्णयलाई त्यतिवेलै सन्सारभरका क्रिकेट प्रेमीले प्रशंसा गरेका थिए । सोही आधारमा उहाँले ‘आईसीसीस्पिरिट अफ क्रिकेट अवार्ड’ दिइएको हो ।