समाचार

सन्दीप माथि क्यानको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोगमा मुद्दाको सामना गरिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । किशोरीले बलात्कारको आरोप लगाएपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको हो ।

२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको छ । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । सन्दीपले अहिले नियमित जसो मैदानमा अभ्यास थालिसकेका छन् ।