खेलकुद

पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय

एजेन्सी । अर्जेन्टिनाको अदालतले एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ।

म्याक्सिमो थोमसेन, माटियास बेनिसेली, एन्जो कोमेली र दाजुभाइहरू सिरो र लुसियानो पेर्टोसीलाई जन्मकैदको सजाय सुनाइएको छ। त्यस्तै एर्टन भियोलाज, ब्लास सिनाली र लुकास पेर्टोसीलाई १५ वर्षको जेल सजाय सुनाएको छ । पाराग्वेमा जन्मिएका आप्रवासी विद्यार्थी फर्नान्डो बएज सोसालाई एउटा डिस्कोबाहिर तीन वर्ष अगाडि हत्या गरेका थिए ।

नाइट क्लबमा उनीहरुबिच झगडामा भएपछि उनीहरुलाई बाहिर निकालिएको थियो। त्यसपछि बाहिर नै उनीहरुबिच झगडा भएको थियो।

बाहिर बाएज आफ्ना साथीहरूबाट अलग्गिए। उनलाई आठ जनाले घेरेर आक्रमण गरेका थिए। आक्रमण गर्ने सबै एउटा प्रान्तको रग्बी क्लबका साथीहरू थिए। उनीहरुको कुटाइपछि गम्भीर घाइते भएका उनको चोटबाट मृत्यु भएको थियो।