फिचर

प्रधानमन्त्रीले आफ्नो कतार भ्रमण पनि गरे रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पूर्वनिर्धारित कतार भ्रमण समेत रद्द गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको समेत जेनेभा भ्रमण रोकेका थिए । परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।