फिचर

खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको थियो । यो निर्णय अप्रिलदेखि सबै पदयात्रा गन्तब्यमा अनिवार्य लागु हुने बोर्डको भनाई छ ।


तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकले भने यसलाई अनिवार्य नरहेको बताएको छ । गाउँपालिकाले अनिवार्य नरहेको र उचाइमा हुने पदयात्रामा आफ्नो सुरक्षाका लागि गाइड साथमा लैजान भने आह्वान गरेको छ । बोर्डले समेत पर्यटकको सुरक्षा, खोजी र उद्दारमा सहज हुने भन्दै एकल रुपमा पदयात्रामा जान रोक लगाउने निर्णय गरेको हो ।