फिचर

काभा महिला भलिबल: उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्बेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आइतबार भएको खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो।

डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो । नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो ।

यसअघि सेमिफाइनलमा नेपाल काजकिस्तानसँग पराजित भएको थियो। अब उपाधिका लागि आज साँझ भारत र काजखस्तान प्रतिस्पर्धा गर्नेछन्।

भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो । भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो । समूह चरणमा लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।

नेपाल सेमिफाइनलमा ३-२ को सेटमा काजकिस्तानसँग पराजित हुँदै उपाधि होड बाट बाहिरिएको थियो । भने, उज्वेकिस्तान भारतसँग सोझो सेटमा पराजित भएको थियो ।