फिचर

काभा महिला भलिबलको उपाधी भारतलाई

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो । भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ ।

भारत उज्बेकिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो भने काजकिस्तान नेपाललाई हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्रो, उज्बेकिस्तान चौथो, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको हो । प्रतियोगितामा सहभागी देशलाई दुई वटा समूहमा विभाजन गरिएको थियो । समूह ए मा नेपाल, भारत, किर्गिस्तान र बङ्गलादेश रहेका थिए भने समूह बी मा माल्दिभ्स, श्रीलङ्का, उज्बेकिस्तान र काजकिस्तान थिए ।