समाचार

३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौं । आजदेखि राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । ३४ पृष्ठको राहदानीको अभावले गत असारदेखि विभागले ६६ पृष्ठको वितरण गर्दै आएको थियो ।

विभागका अनुसार अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ राहदानीका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि ३४ र ६६ पृष्ठका गरी दुईथरी राहदानी वितरण गर्ने गरेको थियो ।

३४ पृष्ठको लागि ५ हजार र ६६ पृष्ठको १० हजार रुपैयाँ शुल्क लिने गरेको थियो । ३ असारदेखि विभागले ३४ पृष्ठको राहदानी सकिएको भन्दै ५ हजारमै ६६ पृष्ठको राहदानी वितरण गरिरहेको थियो ।