फिचर

नेप्सेले गर्‍यो कमब्याक, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार एकैदिन ४२ अंकले घटेको नेप्से आज सामान्य अंकले फर्केको हो ।

सूचक सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १६ करोड घटेर जम्मा ८५ करोडमा सीमित भएको छ ।

सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६ प्रतिशतले बढेको छ ।

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।