विश्व

यमनमा विदेशी सेनाले किन गरे आक्रमण ?

File\cnn

काठमाडौं । यमनमा अमेरिकी र बेलायती सैनिकले आक्रमण थालेका छन् । उनीहरुले हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण थालेको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको नोभेम्बरदेखि लाल सागरमा इरान समर्थित हुथीहरूले गरेको आक्रमणको जवाफमा आक्रमण थालिएको बताएका छन् । नेदरल्यान्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले पनि मिशनको एक भागको रूपमा सहयोग गरेको उनले बताएका छन् ।

उता, हुथी उपविदेश मन्त्रीले अमेरिका र बेलायतले यो आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । हुथीहरूले अहिलेसम्म जवाफी आक्रमण नगरेका खबर छ । यमनको राजधानी साना, हुथीको रेड सी बन्दरगाह हुदायदाह, धामार र उत्तर–पश्चिमी हुथी गढ सादामा हड्ताल छ ।

हुथीहरूले यमनको धेरैजसो भागलाई नियन्त्रणमा लिएका छन् । उनीहरूले इजरायल जाने जहाजलाई लक्षित गरेर सहयोगी हमासलाई समर्थन गरेका छन् । पछिल्लो आक्रमणलाई लिएर साउदी अरबले अमेरिकालाई संयमता अपनाउन आग्रह गरेको छ । रियादले चिन्ताकासाथ स्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ ।