फिचर

कतारले लगातार दोस्रो पटक उचाल्यो एसियन कपको उपाधी

काठमाडौं । जोर्डनलाई पराजित गर्दै कतारले एएफसी एसियन कपको उपाधि उचालेको छ । गतराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। यो सोही मैदान हो, जहाँ गत वर्ष लियोनल मेसीको टीमले विश्वकप उचालेको थियो । घरेलु मैदानमा कतारले तीनवटै गोल पेनाल्टीमार्फत गर्न सफल भयो ।

२२ औं मिनेट, ७३ औं मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौं मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो। तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे। जोर्डनका यजन अल नइमतले ६७ औं मिनेटमा उत्कृष्ट गोल गरे पनि थप गोल हुन नसक्दा जोर्डनले इतिहास रच्न भने सकेन् । अघिल्लो पटकको उपाधि पनि कतारले जितेको थियो ।