समाचार

भारतविरुद्ध जित निकाल्दै अष्ट्रेलियाले उचाल्यो यू-१९ विश्वकप

काठमाडौं । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले आईसीसी यू–१९ विश्वकपको उपाधि उचालेको छ । अष्ेलियाले १४ वर्षपछि उपाधी जितेको हो । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यो चौथो उपाधि हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो । ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन बनाए ।

मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२ बनाए । अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए ।

ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए । तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए । भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।