खेलकुद

आयरल्याण्ड वुल्भ्सले नेपाल 'ए' लाई दियो १५८ रनको लक्ष्य, ऐरीको ह्याट्रिक

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’लाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो। खेलमा नेपाल ‘ए’का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका हुन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे। साहब आलम र मौसम ढकालले २–२ तथा रिजन ढकालले १ विकेट लिए। आयरल्याण्डका लागि केड कार्माइकलले ५१, निल रकले ३९ रन बनाए । पिटर मूर २१, स्टिफेन डोहेनी १२ र जेम्स म्याकोलम १२ रन बनाए । टस जितेर आयरल्याण्ड ‘ए’ ले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।