समाचार

अमेरिका लैजाने भन्दै केन्या पुर्याएर बन्धक बनाउने गिरोहका तीन जना पक्राउ

काठमाडौं । अमेरिका लैजाने भन्दै केन्यामा पुर्‍याएर बन्धक बनाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । मुख्य योजनाकार भनिएका जगतबहादुर तामाङ सहितका तीन जना भारतमा पक्राउ परेका हुन् । उनीहरूलाई नेपाल ल्याउन लागिएको अपराध अनुसन्धान कार्यालयलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् ।


जगतबहादुर तामाङको समूहले अमेरिका लैजाने भनेर केन्या पुर्‍याएका थिए । ६ देखि ९ महिनासम्म बन्धक बनाएपछि नेपाल फर्किएका पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले टाशी शेर्पासहित ३ जनालाई केही दिनअघि मात्र पक्राउ गरेको थियो ।