समाचार

नीति तथा कार्यक्रम : 'प्रधानमन्त्री छोरी' आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

नीति तथा कार्यक्रममा बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखनलगायतका छुवाछूत, लागूपदार्थ दुर्व्यसन, छाउपडी, दाइजोजस्ता सामाजिक विकृति अन्त्य गरिने उल्लेख छ ।