विश्व

भारतमा भीषण गर्मी, कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । भारतमा भीषण गर्मीले कम्तिमा ६० जनाको मृत्यु भएको आंकडा सार्वजनिक भएको छ । यो संख्या अझै धेरै हुन सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिटवेवको सबैभन्दा धेरै असर विहार, राजस्थान, आन्द्र प्रदेश र ओडिशामा देखिएको छ । राष्ट्रिय रोय नियन्त्रण केन्द्रले ६० जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै यो यकिन तथ्यांक नभएको र अझै धेरै हुन सक्ने अनुमान गरेको छ ।

नेपालको छिमेकी राज्य बिहारमा मात्र १२ जनाको अधिक गर्मीका कारण ज्यान गएको खबर छ । जहाँ तातो हावा चल्दा लूको असर मानिसमा देखिएको छ । नेपालको अर्को छिमकेी राज्य यूपीमा ५ भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतमा यो महिनामा मात्र गर्मीका कारण १६ हजार मानिस बिरामी परेको पाइएको छ ।